प्रहरी: यो बाइक कसको ?
चालक: मेरो सर !
प्रहरी: खै लाइसेन्स निकाल्नुस !
चालक: किन सर ?
प्रहरी: नो पार्किंगमा राख्ने अनि ‘किन ?’ भन्ने ? (अलि पर देखाउदै) नो पार्किंग को बोर्ड देख्नु भएन ऊ~~ त्यहाँ ?
चालक: ए, अगी (५ मिनट अगाडी) ३/४ वोटा बाइक थियो तेसैले सबै भन्दा अगाडी छेउमा ल्यायर पार्किंग गरेको सर, नो पार्किंग को बोर्ड त धेरै पर पो छ त सर ! २/३ मिनेट पनि भाको छैन, यो आगनको पार्किंग छैन रैछ, के गर्नु ?
प्रहरी: धेरै कुरा नगर्नुस, नो पार्किंग मा बाइक राखेर तपाइले सडक मा बाधा पुराउनु भएको छ, तपाइँ कारबाहीमा पर्नु भएको छ… खुरुक्क लाइसेन्स दिनुस, नत्र अरु पनि कारबाही होला !
(के हो त्यो अरु कारबाही भनेको फेरी, निहु खोज्ने हो भने आर्को लफडामा परियाला भन्ने डर)
महिला: (एउटा कालो पल्सर देखाउदै) त्यहाँ अझै एउटा बाइक छ, खोइ त तेस्लाई कारबाही ?
प्रहरी: त्यो बाइक मेरै हो, तपाईलाई कारबाही गर्न मैले पार्किंग गरेको हो, छिट्टो लाइसेन्स दिनुस भनेको, (निकै हत्तारमा देखिनु भयो सर, मानौ कि धेरै टाढा जानु छ सरलाइ मेरो लाइसेन्स लियर !)
चालक: ए, तेसो भए तपाइले गरेको पार्किंगले चाही सडकमा बाधा पुर्याउदैन ?
महिला: (गुन्गुनाउदै) उहाँहरु ले त जे गरे नि हुने होला नि !
प्रहरी: कति धेरै कुरा गरेको ? तपाइँ कारबाहीमा पर्नु भएको छ, खुरुक्क दिनुस लाइसेन्स !
चालक: (लाइसेन्स झिकेर दिदै) केहि गरि मिलाउनुस न सर, हुन्न ? एकपटकलाइ गल्ति भयो अरुको पछी लाग्दा (हुन त अरु बाइक भन्दा अगाडी नै लगेर राखियको थियो) !
प्रहरी: (चिट दिदै), हुन्न, भोलि बग्गीखाना लिन आउनुस, तपाइको लाइसेन्स उतै जान्छ !
चालक: (चिट हेर्दै) हैन यसमा त कमलपोखरी लेखेको छ त !
प्रहरी: पक्रेको कमलपोखरी हो, लिन आउने चाही बग्गीखाना !
चालक: खोइ कतै लेखेको छैन त ?
प्रहरी: मैले भने त उतै आउनुस, तेस्मा लेखेको पढ्नुस के के लेखेको छ !
(के नै लेखेको रैछ भनेर हेरेको के हुनु उसको नाम पोस्ट लेखेको रैछ, अनि कसुर चाही ‘सडक पार्क स.अ. बाधा’ रे)
मिति: २०६८, आषाढ २८ गते दिउसो ३ बजे तिर
स्थान: कमलपोखरी, हिमाल नर्सिंग होम अगाडी आँगनको गेट !
पात्रहरु :
प्रहरी: काजी उप्रेती (दर्जा – प्र. ज. – ट्राफिक प्रहरी)
चालक: म आफै (राजु गौतम)
महिला: मेरो श्रीमती